गृहमन्त्रालयको नेतृत्व विवादले गठबन्धनको आयूमै शंका

0
248

काठमाडौं। गृहमन्त्रालयको नेतृत्व विवादले सत्तारुढ गठबनधनको भविश्यमाथि नै प्रश्न उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रालयको नेतृत्व फेरी दिने बिषयमा एमाले र माओवादीमा देखिएका दुईथरी मत अनि मन्त्रालय नपाए सरकारमा नबस्ने रास्वपाले चेतावनी दिईरहदा यो बिषय झनै पेचीलो बनेको हो ।

मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको थियो ।

त्यसक्रममा लामिछानेले गृह मन्त्रालय आफ्नो पार्टीलाई दिन आग्रह गरेका थिए। तर मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्ड भने तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा भने देखिएका छैनन्। लामिछानेले सर्वोच्चको फैसलापछि आईतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपी लिईसकेका छन्।

त्यसलगत्तै पार्टीको सभापतिमा पुर्नबहाली हुनुभएका लामिछानेले पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ बढाइरहेका छन्। त्यसक्रममा लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी समेत दिए।

नेकपा एमालेले रविलाई नै गृहमन्त्री बनाउने अडान तथा प्रचण्ड सकारात्क नरहनुले गठबन्धनमा खटपटको स्पष्ट संकेत गर्छ ।

तर मंगलबारै बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूणर्पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निणर्य नगर्ने बताएको छ । 

यस्तै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफू सत्ता गठबन्धन जोगाउने पक्षमै रहेको बताएका छन्। पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफूहरू सल्लाहमै भएको बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here