जिविएलओ अध्यक्ष कर्ण गुरुङ झापाको बिर्तामोडमा सम्मनित

0
223

माघ १६/
विश्व भुटानी साहित्य संगठन जिविएलओका अध्यक्ष कर्ण गुरुङ झापाको बिर्तामोडमा सम्मानित हुनु भएको छ । जिविएलओको माध्यमबाट नेपाली भाषा, शिक्षा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै साहित्य चौतारी बिर्तामोडले गुरुङलाई सम्मान गरेको हो ।
बिर्तामोडमा आयोजित एक कार्यक्रमका विच साहित्य चौतारीका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठ समित चौतारीका अध्यक्ष हस्त परियार, सचिव खगेन्द्रा खुसी सहितले गुरुङलाई सम्मन पत्र सहित खाता ओडाएर सम्मान गर्नु भएको हो ।
सम्मान गर्दै संस्थापक संरक्षक श्रेष्ठले गुरुङका बुद्धिको विर्को र कर्म कविता संग्रहले नेपाली साहित्य जगतमा नयाँ आयाम दिएको बताउनु भयो । गुरुङले अमेरिकामा रहेर पनि नेपाली भाषाको उन्नयनका लागी प्रसंसनिय कार्य गरेको भन्दै श्रेष्ठले उहाँको यस कार्यको निरन्तरताको सुभकामना दिनु भयो । त्यसैगरी सम्मान ग्रहण गर्दै गुरुङले भाषा हराए पहिचान हराउने भन्दै यो सम्मानले आफुमा अझ जिम्मेवारी थपिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here