गृह मन्त्रालयमा दावी कायम राख्ने रास्वपाको निर्णय, माओवादी र एमालेमा दुईमत

0
163

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दाबी कायम राख्ने निणर्य गरेको छ । आईतबार बसेको केन्द्रीय समिति बैठकले भागबन्डाका क्रममा गृह आफूहरुको भागमा परेकाले फेरि दाबी गरिरहनु नपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

यो विषयमा सभापति अन्य दलहरुसँग छलफल गर्ने निणर्य सभापतिलाई दिइएको उनले बताए। गृह मन्त्रालय नपाए सरकार छोड्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँले यो विषयमा छलफल नभएको उल्लेख गरे।

यस्तै आजकै बैठकले नेपाली नागरिकताको पुनः प्रप्ति गरेसंगै रवि लामिछालाई पुनः राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको जिम्मेवारी दिएको छ । रविले आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।

रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको  भन्दै शुक्रबार सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरेको थियो । योसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त हुनुभएको थियो भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।

यस्तै सत्ता गठबन्धनमा गृह मन्त्रालयको नेतृत्वबारे छलफल चलेको छ । गृह अरुलाई नछाड्ने बताउँदै रास्वपाले अर्को व्यक्ति पठाउने सम्मको तयारी गर्दा नेकपा माओवादी केन्द्र भने फेरि सो मन्त्रालय उसलाई दिन तयार छैन । यद्यपी नेकपा एमालेले भने रविलाई नै गृहमन्त्री पदमा बहाली गर्न दवाब दिएको बुझिएको छ ।

नेपालको संविधानले गैर-सांसद व्याक्ति समेत ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार गैर-सांसद लामिछानलाई ल्याउन दवाव दिईएको हो । तर, बाहिर विवाद हुनसक्ने भएकाले यो विकल्प रोजिने सम्भावना न्यून देखिन्छ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here