सबै सरकारी वेबसाइट डाउन, ह्याकरकाे ‘अट्याक’मा परेकै हो?

0
103

काठमाडौं । सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । 

विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै उडान बन्द हुँदा हाल सयौँ यात्रुहरू अलपत्र परेका छन् ।

सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका पनि गरिएको छ।

सूचना प्रविधिका विज्ञहरूले भने सर्भर ह्याक भएको आशंका गरेका छन्। आन्तरिक समस्या आउँदा सबै वेवसाइटहरू एकैपटक डाउन नहुने तर्क गर्दै उनीहरूले ह्याकरहरूले सर्भरमा आक्रमण गरेको हुनसक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here