प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारको निर्णय

0
153

सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निणर्य गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको हो ।

यसबारेमा थप छानविनको जिम्मेवारी गृहमन्त्रालयलाई दिईएको मन्त्री रवि लामिछानेले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए ।

उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा लगेको थियो । तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो । उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गर्दै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।

बुधबार बिहान गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा आचार्यका परिवारसँग भेट गर्दै प्रेमले उठाएका विषयमा सरकारले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here