कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकाललाई स्थगित

0
202

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १५ गते बस्ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि केन्द्रीय समिति बैठक पनि  पटक-पटक स्थगित हुँदै आएको थियो ।

दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएको १३ महिना पुरा हुँदा पनि शेरबहादुर देउवाले पार्टीमा गठन गर्नुपर्ने विभाग तथा समितिहरुलाई पूणर्ता दिन सुरुवातसम्म गरेका छैनन्।  विधानअनुसार यो काम महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नु पर्ने ब्यवस्था छ ।

१३ औँ महाधिवेशनबाट पहिलो पटक सभापतिमा निर्वाचित हुँदा पनि देउवाले कार्यकाल समाप्त हुँदा मात्रै विभागहरु गठन गरेका थिए। २०७२ फागुनमा सम्पन्न १३ औँ महाधिवेशनको नियमित ४ वर्षीय कार्यकाल सकिनु २ दिनअघि अर्थात् २०७६ फागुन १७ गते उनले विभागहरु गठन सुरु गरेका थिए।

१४ औँ महाधिवेशनपछि कांग्रेस तल्लो तहसम्मै चलायमान भए पनि भ्रातृ संगठनहरु भने लथालिङ्ग अवस्थामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here