राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

0
181

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

चाँगुनारायण मन्दिरको दर्शन गरेर फर्किने क्रममा कमल विनायकस्थित निवास बिजुक्छे निवासमा राष्ट्रपति पुगेर करिब ४० मिनेट कुराकानी भएको थियो ।

बिजुक्छे र राष्ट्रपतिबीच बेला बेला भेटघाट हुने गरेपनि लामो समयपछि घरमै पुगेर भेट भएको हो । भेटमा बिजुक्छेलाई पत्नी वियोगप्रति समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

बिजुक्छे पत्नीको निधनको बेला राष्ट्रपतिको तर्फबाट प्रेस सल्लाहकार टीका ढकाललाई पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here