प्रधानमन्त्रीको परीक्षण राष्ट्रपति निर्वाचनमा हुन्छ: कांग्रेस प्रवक्ता

0
178

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताएका छन् ।

शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर प्रधानमन्त्रीले तय गर्ने बेला आएको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद विघटनलाई प्रमुखताका साथ उठाएको र उनकै संयोजनमा सभामुख लगायतको तय गरिएकाले संविधानमाथि खतरा रहेको उनको दाबी छ ।

त्यही कारण प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको उनको तर्क छ ।

कांग्रेस प्रवक्ता डा. महत भने सभामुख र उपसभामुखको निर्वाचनमा परीक्षामा प्रधानमन्त्री उत्तिर्ण हुन नसकेको बताए । ‘अब प्रधानमन्त्री पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ?,’ उनले भनेका छन्, ‘सभामुख–उपसभामुखको परीक्षणमा उहाँहरु उत्तिर्ण हुनु भएको छैन । अब राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा परीक्षणको घडी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here