राष्ट्रपतिको चर्चाः एमाले-माओवादीको मत बाझियो, गठबन्धन फुटाउने मिसनमा कांग्रेस

0
131

काठमाडौं। प्रतिनिधिसभामा सभामुख चयन भएसंगै दलहरुको ध्यान अब राष्ट्रपतिको निर्वाचनतिर केन्द्रित भएको छ। अहिलेको ७ दलीय गठबन्धनमा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भइसकेको छ । तर, नेपाली कांग्रेसले समेत अहिलेको सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा माओवादीको साथ खोजिरहेको छ ।

सभामुखमै माओवादीको सर्मथन खेजेको कांग्रेसको अहिलेको गठबन्धन भत्काउने प्रयास भने तत्कालका लागि असफल भएको छ । कांग्रेसकै नेताहरुले अब आफूहरुको मिसन राष्ट्रपति हुने बताईरहेका छन् ।

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सत्ता गठबन्धन टुटाउन कांग्रेस लाग्नु स्वभाविक भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि भण्डारीले सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताए।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने यसअघि नै कांग्रेसले प्रस्ताव गरेकै व्याक्ति राष्ट्रपतिले बन्ने ठोकुवा गरिसकेका छन्। 

यता सत्ता गठबनधनका दुई ठुला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने राष्ट्रपति निर्वाचनका बिषयमा मत बाझिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने सहमति भएको बताएका छन्। उनले सोहीबमोजिम एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताए। बिहीबारको संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको उम्मेदवारलाई नै राष्ट्रिय सहमति बनाउनुपर्ने बताए।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भने राष्ट्रपतिमा समझदारीका लागि प्रयासरत रहेको बताएका छन्। संसद बैठकपछिसञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेको बताए।

उनले राष्ट्रपतिको निर्वाचनका लागि समय रहेको भन्दै त्यसका लागि समझदारीको प्रयास भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here