कंगोमा ४९ शव रहेको सामूहिक चिहान भेटियो

0
145

काठमाडौं। संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले कंगोमा एउटा सामूहिक चिहान फेला पारेको छ । जसमा बालबालिका र महिलासहित ४९ जनाको शव रहेको छ । इटुरी प्रान्तको न्याम्बा गाउँमा ४२ शव फेला परेका थिए भने प्रान्तीय राजधानी बानियाबाट ३० किलोमिटर टाढा रहेको मबोगी गाउँमा ७ शव फेला परेका थिए ।

संयुक्त राष्ट्रसंघले हत्यामा जातीय मिलिशिया समूह जिम्मेवार रहेको बताएको छ। यस्तै इटुरी प्रान्तको न्याम्बा गाउँमा ६ बालबालिका र १२ महिलासहित ४२ जनाको शव गाडिएको अवस्थामा भेटिएको जनाइएको छ । क्रुर र कायरतापूणर् हत्या जातीय मिलिशिया समूह कोडेकाले हत्या क्रुरतापूणर् रुपमा गरेको भन्दै हत्याको निन्दा गरेको छ ।

दुर्गम क्षेत्रमा काम गर्ने कोडेको समुदायलाई विभिन्न समूहमा विभाजन गरिएको छ ।कोडेको तर्फबाट भने हमलाबारे कुनै प्रतिक्रिया आएको छैन ।

संयुक्त राष्ट्र मिशनले डिसेम्बरदेखि कोडके र जाइरे नामक प्रतिद्वन्द्वी मिलिशिया समूहले गरेको आक्रमणमा कम्तीमा १९५ व्यक्तिको मृत्यु भएको र ८४ जना अपहरण भएको जानकारी दिएको छ। इटुरी प्रान्तमा विस्थापितको संख्या बढ्दै गएको र संख्या १५ लाख पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here