प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२०ः सुदूरपश्चिम र एपीएफ सेमिफाइनलमा 

0
164

काठमाडौं। सुदूरपश्चिम प्रदेश टिम र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इटहरीमा जारी प्रतियोगिताको समूह ए मा रहेका दुई टिमले लगातार दुई जितपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यो समूहमा रहेका वागमती र गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

आज सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेपछि सेमिफाइनल समीकरण बनेको हो । समूहमा २ जितपछि एपीएफ र सुदूरपश्चिमको ४-४ अंक छ भने वागमती र गण्डकीले अंक जोड्न सकेका छैनन् ।समूहमा एपीएफ र सुदूरपश्चिमबीच खेल हुन बाँकी छ । आज गण्डकीले दिएको ६१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो । 

यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश-१ ले लगातार दोस्रो जित निकालेको हो ।मैदान ओसिलो भएको कारण खेल ९ ओभरमा झारिएको थियो ।

जसमा प्रदेश-१ ले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो ।लुम्बिनीले पुरै ९ ओभर खेल्दा ७ विकेट गुमाएर ५० रन मात्र बनाउन सक्यो ।लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडिन ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको थियो ।जितसँगै प्रदेश-१ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश-१ समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here