प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः एपीएफ र लुम्बिनीको विजयी सुरुवात

0
128

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय टी—ट्वान्टी महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । इटहरीमा आज भएको दोस्रो खेलमा  कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो ।

लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो । कर्णालीका यमुना थारुले १३ रन जोडिन ।

किरण कुवँरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णालीका ६ खेलाडीले कुनै रन जोडेनन् । लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३/३ विकेट हात पारिन् ।

सुस्मिता भुसालले २ विकेट लिईन् ।त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।लुम्बिनी समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै शानदार सुुरुवात गरेको हो । ५२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले ८ ओभर ४ बलमा तीन विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here