रुस युक्रेनबारे चीनः युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् 

0
148

काठमाडौं। चीनले रुस-युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने कामना गरेको छ । वार्ताको वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायबाट पहल हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले बताए।

राष्ट्रङ्घीय सुरक्षा परिषद्मा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिएका हुन्। उनले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार समेत ब्यक्त गरे।

विशेषगरी वर्तमान परिस्थितिमा ठुलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र सङ्कटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने उनको भनाइ छ ।

उनले नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here