सुदूरपश्चिम प्रदेशसभा फेरी पनि सभामुख चयन गर्न असफल

0
132

सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि दोश्रो प्रयास पनि असफल भएको छ । शनिबार भएको निर्वाचनमा नागरिक उन्मुक्तिपार्टीका सांसदहरु तटस्थ बसेपछि सभामुख चयन प्रकृया फेरी धकेलिएको हो ।

शनिबारको को प्रदेशसभा बैठकमा कुल ४४ सांसलदे मत दिएका छन्। जसमध्ये कांग्रेसका मानबहादुर रावल र माओवादीका भीम भण्डारीले समान २२-२२ मत प्राप्त गरेका छन् ।

निर्वाचनका क्रममा ७ सांसद भने तटस्थ बसेको थिए । ती सांसद नागरिक उन्मुक्ति पार्टीका हुन् । विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतकले आफूहरूको माग सम्बोधन नभएको भन्दै कतै मत नदिने बताएका थिए । नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष दुबैमा मत दिएनन् ।

यसअघि पनि प्रदेशसभामा सभामुख निर्वाचन भएको थियो तर कसैले पनि बहुमत पा्रप्त नगर्दा प्रयास असफल भएको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

योसंगै सभाको अर्को बैठक माघ २ गते बिहान ९ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here