विदेशी श्रमिक भर्ती गर्ने प्रक्रिया छोट्याउँदै मलेसिया

0
216

काठमाडौं। मलेसियाले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने घोषणा गरेको छ । विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले श्रमिक भर्तीको सम्पूणर् प्रक्रियालाई घटाउने बताए। अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिने बताइएको छ ।

मलेसियाका मानव संसाधन मन्त्री वी शीवकुमारसँगको संयुक्त बैठकमा गृहमन्त्रीले यो लामो प्रक्रियालाई छोट्याउने धेरै ठाउँहरु रहेका पनि उल्लेख गरे।

श्रमिक भर्नाको लागि विज्ञापन गर्नमै रोजगारदाताले पहिले एक महिना लगाउँथे, अबका दिनमा त्यो काम एक दिन मात्रै हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here