काठमाडौं। सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनताको जनजीविकालाई सहज बनाउनेबारे छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बताए।
भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको बताए। मन्त्री लामिछानेले मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको पनि स्पष्ट पारे।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूणर्ता पाउने उनको भनाइ छ । गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले भोलि टुंग्याउने र पर्सीसम्म सार्वजनिक हुनसक्ने मन्त्री लामिछानेले बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।