भुटानी शरणार्थिका समस्या सरकारका साझा कार्यक्रममा समावेस गर्न ग्लोबल भुटानी हिन्दु अर्गनाईजेसनको माग

0
234

पुष २०/
नेपालमा नयाँ सरकार गठन भएपछि भुटानी शरणार्थिहरुका मागहरुका बारेमा पनि शरणार्थि संग सम्बन्धित संग संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारका गृहमन्त्री रबी लामिछानेलाई ग्लोबल भुटानी हिन्दु अर्गनाईजेसनका अध्यक्ष कमल धिमाल खल्ति पिडितले भेट गरी सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गर्नु भएको छ ।
अर्गनाईजेसनका तर्पmबाट तिन बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै पिडितले नेपालमा नयाँ सरकार गठन हुँदा आफुहरुमा थप आशा जागेको बताउँदै भुटानी शरणार्थिको मुद्धा सरकारको प्राथमिकतामा पर्नु पर्ने बताउनु भएको हो । राज्यविहीन अवस्थामा शरणार्थी शिविरमा कुनै पनि व्यक्तिलाई नछोड्न आग्रह गर्दै उहाँले रोकिएको शरणार्थिहरुको पुनस्र्थापनाको प्रक्रियालाई तत्काल सुचारु गर्न या त नेपाल र भुटान सरकारबीच द्विपक्षीय वार्ता गरेर यो समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायसँग संवादको पहल गर्न पनि नेपाल सरकार समक्ष आग्रह गर्नु भएको छ ।
त्यसैगरी तेस्रो मुलुक गएर बाँकी रहेका शरणार्थी जनसङ्ख्याका लागि उनीहरू पुनर्वास वा सन्तोषजनक समाधानको लागि काम नगरेसम्म स्वास्थ्य, शिक्षा र बाँच्नको लागि साधनको क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन पनि भुटानी हिन्दु अर्गनाईजेसनका अध्यक्ष पिडितले माग गर्नु भएको छ ।
यस अघि पनि पीस इनिसिएटिभ भुटान (पीआईबी) का तर्पmबाट अध्यक्ष सुरज बुढाथोकीले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गर्दै सरकारलाई पत्र पठाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here