भूटान गजल मञ्चको आयोजनामा “गजल धमाका” हुँदै

0
246

भूटान गजल मञ्चले पुनः पूर्णता पाएसँगै गजल धमाका कार्यक्रम गर्ने भएको छ । आगामी फेबु्रअरी २५ तारिखका दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको पिट्सबर्ग शहरमा गजल वाचन र गायनको समागम कार्यक्रम “गजल धमाका” कार्यक्रम गर्ने तय भएको मञ्चका अध्यक्ष नेत्राचार्य कौडिन्यले जानकारी दिनुभयो । उक्त दिन दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा करिब ८०–९० जना स्रष्टाको सहभागीता रहने उहाँले बताउनु भयो ।
वि. सं. २०६० साल फागुन १० गते स्थापना भएको भूटान गजल मञ्चले आफ्नो स्थापना दिवस यसै बर्षदेखि मनाउन सुरू गरेको हो । अमेरिका र क्यानडामा रहनुहुने नेपाली भाषी सबै स्रष्टाको भेला हुने माध्यमको रुपमा पनि कार्यक्रम गर्न लागिएको अध्यक्ष कौडिन्यले बताउनु भयो । उहाँले भाषाका लागि सिमाले नछेक्ने भन्दै कुराको राम्रो सन्देश पनि हुने साथै नेपाली साहित्यमा एउटा इटा थपिने पनि बताउनु भयो ।
कार्यक्रम अत्यन्तै खर्चिलो रुपमा भब्य कार्यक्रम गर्न लागिएको भुटान गजल मञ्चका उपाध्यक्ष पूर्ण नर्जालीले बताउनु भयो । हालसम्मनै ४५००० जति भइसकेको भन्दै उहाँले कार्यक्रम सम्पन्न गर्न कुल खर्च ४०–४५ हजार हुन सक्ने बताउनु भयो । भूटान गजल मञ्चले यस कार्यक्रमलाई साङ्गीतिक साहित्य समारोह, विशाल महोत्सवको समेत नाम दिएको छ । वाद्यवादनका साथ रचना वाचन र गायनका साथमा पुस्तक विमोचन समेत रहने आशा राखेको उपाध्यक्ष नर्जालीले बताउनु भयो ।
भूटान गजल मञ्चले अमेरिकामा र क्यानडामा हुनुहुने सम्पूर्ण नेपाली साहित्यमा कलम चलाउनुहुने स्रष्टाहरूलाई सम्झन चाहन्छ र निमन्त्रणा पनि दिन चाहन्छ । यदि हामीले छुटाएका छौँ भने, हामीलाई सम्झाउनुहोस्। हामी सबैलाई समेट्न चाहन्छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here