आहा ! रारा गोल्डकप फुटबलः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

0
142

काठमाडौं। संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालामा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितमा मेसुके, सुरज ज्यु ठकुरी र स्टेफन बिनोङले एक एक गोल गरे ।आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे ।संकटाले एक गोलको अग्रता उल्टाएर आर्मीलाई हराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here