प्रदेशसभामा पनि सभामुख र उपसभामुख निर्वाचनका लागि प्रकृया सुरु

0
387

काठमाडौं। प्रदेश सरकारमा पनि सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । आज बसेको प्रदेश सभाहरुको बैठकले पुस अन्तिम र माघ पहिलो सातामा सभामुख र उपसभामुख चयनका लागि निर्वाचनको मिति तय गरेका छन् ।

सुदूरपश्मिम प्रदेशसभामा सभामुख चयनका लागि पुस २८ गते निर्वाचन गर्ने निणर्य भएको छ ।

सोमबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्। प्रदेशसभाको अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्नेछ ।

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयन गर्न पनि पुस २८ र २९ गते निर्वाचन हुने भएको छ । आजै प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ । 

त्यस्तै लुम्बिनीमा भने प्रदेश सभामुख र उपसभामुख चयन प्रक्रिया माघ ३ गते सुरु हुने भएको छ । सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा अधिवेशनको पहिलो र दोस्रो बैठक बसेको थियो । प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने ज्येष्ठ सदस्य भुसालले जानकारी दिए।

यस्तै मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए।

उनले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here