राष्ट्रपतिको निर्वाचनमा पराजय भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छाडेका छन्। आफ्नो उत्तराधिकारीले शपथ लिनुभन्दा दुई दिनअघि नै बोल्सोनारो अमेरिका पलायन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिका पलायन भएसँगै बोल्सोनारो आइतबारको शपथग्रहण समारोहमा भाग नलिने निश्चित भएको छ । जायरले आफ्नो चुनावी हार स्वीकार गरेका छैनन् ।
यसअघि, शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य नहुने बताएका थिए।