नेपाल टी-ट्वान्टी लिगः जनकपुर र पोखराको जित

0
126

काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई पराजित गरेको छ । विराटनगरलाई पराजित गर्ने क्रममा जनकपुरले ४९ रनको जित हासिल गरेको हो ।

टियु क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप सिंह ऐरीले अविजित ३६ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । पाँच खेल खेलेर ४ जित हात पारेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर २ अंकका साथ अंक तालिकाको चाैथो स्थानमा रहेको छ ।

यसअघि आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो जित हात पारेको छ । प्रतियोगिताको छैटौं खेलमा पहिलो जित हात पारेको पोखराले आफ्नो सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

हारका बाबजुत पनि लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सात खेल खेलेर दोस्रो जित हात पारेर ४ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here