‘म्यान्मारका शरणार्थीको सुरक्षाका लागि पहल गर्न आह्वान’

0
157

काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले जोखिमपूणर् समुद्री यात्रा गरेर आफ्नो ज्यान जोखिममा पारेका हजारौं रोहिंग्याको सुरक्षाका लागि समन्वयात्मक क्षेत्रीय दृष्टिकोण अपनाउन आह्वान गरेका छन्।

उनले सन् २०२२ मा मात्रै दुई हजार ४०० भन्दा बढी रोहिंग्याले बङ्गलादेश र म्यान्मार छोड्न खोजेको बताउँदै उनीहरूमध्ये २०० भन्दा बढीले बाटोमै ज्यान गुमाएकोमा दुःख ब्यक्त गरेका हुन्।

समुद्रमा सङ्कट जारी रहेकाले यस क्षेत्रका देशहरूलाई सक्रिय खोजी र उद्धार, रोहिंग्या शरणार्थीहरूलाई उनीहरूको भूमिमा अवतरण र उनीहरूको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न समन्वय संयन्त्र स्थापना गर्न आग्रह गरे।

मानव अधिकार उच्चायुक्तले सन् २०१७ देखि बङ्गलादेशमा सुरक्षाको माग गरिरहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीलाई सहयोग गर्न यस क्षेत्र र विश्वका देशहरुलाई आह्वान गरे।

संयुक्त राष्ट्रसंघका अनुसार रिपोर्टिङ अवधिमा म्यान्मारभित्र अनुमानित १४ लाख ७३ हजार आन्तरिक रुपमा विस्थापित नागरिक रहेका छन् । जसमध्ये ११ लाख ४३ हजार मानिस सन् २०२१ को फेब्रुअरी १ पछि विस्थापित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here