आफूखुशी दूधको मूल्यवृद्धि गरेको भन्दै सरकारको आपत्ति

0
171

काठमाडौं। केही निजी डेरीले उपभोक्तालाई मार पर्ने गरी गरेको दूधमा गरेको मूल्य वृद्धिप्रति सरकारले आपत्ति जनाएको छ । सरकारसँग समन्वय नै नगरीकन उपभोक्तालाई असर पार्ने गरी दूधमा गरेको मूल्य फिर्ता लिन आग्रह गरिने भएको छ ।

राष्ट्रिय दूध विकास बोर्डका प्रमुख डा.राजेन्द्र यादवले डेरी उद्योगीले गरेको मूल्य वृद्धि ऐन र नीति विपरीत रहेको बताए। केही निजी डेरीहरूले आजदेखि लागु हुने गरी लिटरमा १४ रुपियाँ वृद्धि गरेको छ ।

अब उपभोक्ताले दूधको प्रति प्याकेट (आधा लिटर)लाई ५० रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसअघि प्रति पोका ४८ रुपैयाँमा उपभोक्ताले दूध किन्न पाउँथे तर त्यसमा खुद्रा मूल्य दुई रुपियाँ वृद्धि गरी ५० रुपियाँ पुर्‍याएको छ । गत माघमा सरकारले मन्त्रीपरिषद्को निणर्यबाट दूधको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

मूल्य तोकेको दुई वर्षपछि मात्र मूल्य परिमार्जन वा समायोजन गर्नुपर्ने नीति छ तर एक वर्ष नबित्दै डेरीवालाले मूल्य वृद्धि गरेर उपभोक्तालाई मर्कामा परेको यादवले बताए।

दूधको मूल्य वृद्धि गर्दा वा समायोजन गर्दा बोर्डसँग समन्वय गर्नुपर्ने तर त्यस्तो नगरी आफ्नै मनले मूल्य गरेको बताउँदै उनले भोलि यसको विषयमा मन्त्रालयमा छलफल गरी कुनै आवश्यक निणर्य लिने बताए। नेपाली डेरी सङ्घका अध्यक्ष राजकुमार दाहालले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यकै आधारमा केही डेरी उद्योगीले मूल्यवृद्धि गरेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here