सरकारको न्यूनतम साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समेट्न आग्रह

0
366

काठमाडौं। पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै अमेरिकास्थित गैरसरकारी संस्था पीआईबीले भुटान सरकारसँग कूटनीतिक संवाद पुनः सुचारु गर्न र लामो समयदेखि रहेको भुटानी शरणार्थी समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो।

पीआईबीका संस्थापक-सदस्य सुरज बुढाथोकीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “यस समस्यालाई स्थायी रूपमा समाधान गर्न भुटानी शरणार्थी मुद्दालाई प्रमुख एजेन्डामा समावेश गर्न तपाईं (केपी शर्मा ओली)ले व्यक्तिगत चासो लिनुहुन्छ भन्ने हाम्रो गहिरो आशा छ। ‘नेपालका दुई शरणार्थी शिविरमा ७ हजारभन्दा बढी भुटानी शरणार्थी अझै पनि बसिरहेका छन् ।

नयाँ सरकारको साझा न्यूनतम कार्यक्रम तर्जुमा गर्न तपाईं सर्वसम्मतिले निर्वाचित हुनुभएको सुनेपछि, हामी तपाईंसँग कुराकानी गर्न उत्साहित र उत्प्रेरित भयौं किनभने हामी विश्वास गर्छौं कि तपाईं “भुटानी शरणार्थी मुद्दाको समाधान“ को रूपमा समावेश गर्ने सही व्यक्ति हुनुहुन्छ।

बुढाथोकीले समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेका छन् । राज्यविहीन अवस्थामा शरणार्थी शिविरमा कुनै पनि व्यक्तिलाई नछोड्न तथा आफुहरु नेपाल र भुटान सरकारसँग मिलेर काम तयार रहेको पनि पीआईबीले बताएको छ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here