११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित

0
316

पुष १६/
अमेरिकामा हुने ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।
संझौताअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई निर्माण गर्नेछन् । म्युजिक भिडियो र पाश्र्वगायनमा समेत चर्चित यी गायकको संलग्नताले अवार्डको सांगीतिक पक्षलाई अब्बल बनाउने आशा लिएको आयोजक पक्षका किसन रेग्मीले जनाएका छन् ।
आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ नेफ्टाको ११ औं संस्करण सम्पन्न हुँदैछ । यसअघि मलेसिया, हङकङ, कतार र यूएईमा कार्यक्रम गरिसकेको नेफ्टाले यसपटक अमेरिकामा कार्यक्रम गर्न लागेको हो ।
अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले यूएस खबर, फेम नेपाल, आर्यन फिल्म्स र ८८४८ मिडीया हाउससँग सहकार्य गर्दैछ । आगामी जनवरीमा हुने पत्रकार सम्मेलनमार्फत अवार्डबारे विस्तृत जानकारी सार्वजनिक गर्ने नेफ्टाको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here