नेपाल टी—२०ः लुम्बिनी प्लेअफ नजिक, पोखरा एभेन्जर्सको पहिलो जित

0
1620

काठमाडौं। नेपाल टी—ट्वान्टी लिग अन्र्तगत आजका खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सले जित निकालेका छन् । टियु मैदान किर्तिपुरमा आज भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ ।

जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्र जोडेको हो ।

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८, कमलसिंह ऐरीले अविजित १९, सुनाम गौतमले १८ तथा एलेक्स ब्लेकले ११ रनको योगफल बनाए । लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

उता,पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।पहिलो जित हात पार्ने क्रममा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो । टियु मैदानमा १ सय ८० रनको लक्ष्य पोखराले १९दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो ।

पोखरालाई पहिलो जित दिलाउने क्रममा आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रनको योगदान दिए ।

फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाश जैशीले समान २/२ विकेट हात पारे । छैटौं खेल खेलेर पहिलो जित हासिल गरेको पोखरा ६ खेलमा २ अंक अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here