चर्च ब्वाइज आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

0
133

काठमाडौं। चर्च ब्वाइज युनाईटेडले आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा  विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरेका छन् । निकै रोमान्चक खेलमा सुरुआती अग्रता पुलिसले बनाएको थियो । २५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिदा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को जित दिलाए ।

अब चर्च ब्वाइजले क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here