कम्बोडियाको होटेलमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु, परिवारसंग गरेका थिए एक घण्टा लामो गफ

0
287

काठमाडौं। कम्बोडियाको एक क्यासिनोमा भएको भीषण आगलागीमा झापाका निराकर पाण्डेको ज्यान गएको छ । पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा बिर्तामोड नगरपालिका १ का ४० वर्षीय निराकर पाण्डे ज्यान गएको हो ।

पाण्डे बिर्तामोड नगरपालिका-१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन् । आगलागीमा परि पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्र्तरष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आगलागीको समयमा निराकर त्यही फसेका थिए । घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएनलाई अनुरोधसमेत गरेका थिए।

होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए । होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो भावुक गफगाफ समेत गरेका थिए । 

उनले बोलेको भिडियो कुराकानीमा ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन् , ’सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ यु। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु। आर्मन इज द वेस्ट है सानु।’

उनले भने, ‘अब सुन है, मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठुलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।’ 

’कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु। माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले। उहाँहरूले धेरै गर्नुभएको छ, माइजूहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठुलो मान्छे बन्नू। ज्ञानी हुनू’, उनले भने, ’ अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।’  

हाल पाण्डेको शवलाई आइसमा राखिएको अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here