माधव नेपाललाई सरकारमा ल्याउन पहल, ओली र प्रचण्डका आफ्नै रणनीति

0
126

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पहल सुरु गरेका छन् ।

अहिले माधव नेपाललाई सरकारमा जोडेर पुष्पकमल दाहाल सरकार झन मजबुत बनाउने दाउमा हुँदा एमाले भने नेपाललाई एमालेमा फर्काएर संसदमा पहिलो दल बन्ने दाउमा रहेको छ ।

बुधबार मात्रै नेपाललाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले भेटेका छन्। दाहालले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै नेपालले गुनासो गरेका थिए । त्यही गुनासोलाई सम्बोधन गर्दै दाहालले आज वामदलहरूको नेतृत्वमा सरकार बनेकाले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्।

सो प्रस्तावमा माधव नेपाल पनि सकारात्मक देखिएका छन्।

नेपाललाई मनाउनका लागि एमालेका नेताहरु पनि सक्रिय भएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलले पनि नेपालसँग सहकार्य गर्न सकिनेबारे कुरा गरेका छन्।

अध्यक्ष नेपाललाई मिलेर जानका लागि एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उहाँलाई दुईपटक भेटिसकेका छन्।

बुधबार एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here