नेपाल टी-२० : पोखराको लगातार चौथो हार विराटनगरको पहिलो जित

0
167

काठमाडौं। हुसेन टलतको अर्धसतकमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर सुपर किङसले जारी नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पोखरा भने लगातार चौँथो खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १ सय ४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । विराटनगरको जितमा हुुसेन तलतले अविजित अर्धसतकिय इनिङ खेले ।

उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाए । यसअघि, टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।

पोखराको ब्याटिङमा कुशल मल्लले सबैभन्दा धेरै ३७ रनको योगदान गरे । पहिलो खेलमा जनकपुर रोयल्ससँग ५ विकेटले पराजित भएको विराटनगर दोस्रो खेलमा लुम्बिनी अलस्टार्ससँग दुई रनले पराजित भएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनी अलस्टार्सले लगातार चौथो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित एक ओभरमा १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको फारवेस्टले १० रन मात्रै बनायो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैै १ सय ३७ रनको योगफल तयार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here