प्रचण्डले बनाए ८ सदस्यीय मन्त्रीमण्डल, रवी बने गृहमन्त्री

0
156

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेश्रो पटक प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन्।

आज राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा आयोजित समारोहमा प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन्। 

यस्तै प्रचण्डले ८ सदस्यीय मन्त्रीमण्डल पनि बिस्तार गरेका छन्र् ।  जसमा प्रचण्डले १७ मन्त्रालय आफै राखेका छन्। भने तीनजना उपप्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले रक्षा, परराष्ट्र, कानून, संघीय मामिला, उद्योग, उर्जा, कृषि, भूमी व्यवस्था, महिला तथा वालवालिका, खानेपानी, शिक्षा विज्ञान, वन, युवा तथा खेलकूद, सञ्चार तथा सूचना प्रविधि, श्रम रोजगार, शहरी विकास, संस्कृति पर्यटन मन्त्रालय आफैसंग राखेका हुन्।

यस्तै बिष्णु पौडेल उप-प्रधानमन्त्री सहित अर्थ, माओवादीका नरायणकाजी श्रेष्ठ उप-प्रधानमन्त्री सहित भौतिक पूर्वाधार, स्वतन्त्र पार्टीका रवी लामिछाने उप-प्रधान सहित गृहमन्त्रालयको जिम्मेवारी पाए। 

यस्तै एमालेका ज्वाला कमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमतका अब्दुल खानले पनि आजै शपथ लिए। तर उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here