अमेरीका निवासी करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

0
240

पुष ९/
अमेरीका निवासी करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । हिँजो बेलुका भएको फाईनलमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।
करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।
टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।
विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । फाईनल कार्यक्रम भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।
करण संगै भ्वाईस अफ नेपालको उपाधि हात पार्ने दुईजना अमेरिका निवासी नेपाली भाषी भएका छन् । यस अघि किरण गजमेरले पनि भ्वाईस अफ नेपालको उपाधि हात पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here