कांग्रेस संसदीय दलः देउवालाई बुढा र गगनलाई युवाको साथ

0
137

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी फिर्ताको समय मंगलबार साँझसम्म दिईएपनि कसैले पनि फिर्ता लिएनन् । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूणर्बहादुर खड्का समर्थक बसेका छन्। त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बनेका छन् भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका हुन्।

कांग्रेस संसदीय दलको नेताको लागि भोलि विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । पार्टीको ईतर पक्षबाट शेखर कोईराला र गगन थापा आकांक्षी रहेकोमा गगनलाई उम्मेदवार बनाउने सहमति भएको थियो।

अहिले गगनलाई संसदीय दलको नेतामा साथ दिने र आगामी १५औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको सांसद सुनिल शर्माले जानकारी दिए।

कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ। देउवाले सांसदको टिकट वितरणमै संस्थापनइतर समूह आफूमाथि हाबी हुन नसक्ने गरी सन्तुलन मिलाइसकेका छन्। प्रारम्भिक अंकगणित हेर्दा कांग्रेसले जितेका ८९ सदस्य मध्ये देउवा पक्षका ५० छन्। यस्तै इतर समुहमा ३९ सांसद छन्। जित्नका लागि कुल सदस्यको ५१ प्रतिशत अर्थात ४५ सांसदको मत पाउनुपर्नेछ।

देउवालाई बुढा र गगनलाई युवाको साथ
देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताले साथ दिएका छन्। एक वर्षअघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले साथदिने बताइसकेका छन्। भने शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाको साथमा रहेको बताएका छन्।

यसअघि पार्टीको १४ औँ महाधिवेशनमा अन्तिम समयसम्म पनि प्रकाशमान सिंह देउवाविरुद्ध सभापतिका उम्मेदवार थिए। तर, पछि संसदीय दलमा सहयोग गर्नेगरि उनले देउवालाई समर्थन गरेको बाहिरिएको थियो। उनले पनि देउवालाई नै सर्मथन गरेका हुन्।

देउवालाई प्रष्ट बहुमत देखिएपनि कुष्ण सिटौला पक्षका प्रदिप पौडेल, शशांक निकट दिपक गिरी तथा प्रकाशमान निकट विश्वप्रकाश शर्मालेसमेत समर्थन गर्दा थापालाई केही सहज देखिएको छ।

देउवा पक्षका पनि युवा नेताहरुको साथ पाएर संसदीय दलको नेतामा चयन हुने थापाको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here