चीन-रुस एक सप्ताहसम्म युद्ध अभ्यास गर्ने

0
148

चीन र रुसले नौसेना साझेदारी मजमुत बनाउन भोलीदेखि एकसप्ताहसम्म युद्ध अभ्यास गर्ने भएका छन । पश्चिमी देशहरुको दबाबका बीच पनि रुस र चीनले एकसाता सम्म एकसाथ नौसेना अभ्यासमा भागलिने भएका हुन ।

रुसी रक्षा मन्त्रालयले मस्को र बेइजिङबीचको “नौसेना सहयोगलाई सुदृढ गर्ने“ उद्देश्यले युद्ध अभ्यास डिसेम्बर २१ देखि २७ सम्म पूर्वी चीन सागरमा हुने जनाएको हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अनधिकृत पश्चिमा विरोधी गठबन्धनले बल पाएको चिनले जनाएको छ । रुसको रक्षा मन्त्रालयले अभ्यासमा भार्याग मिसाइल क्रुजर, मार्शल शापोस्निकोभ डिस्ट्रेयर र रुसको प्यासिफिक फ्लीटका दुई कार्वेट्सको प्रयोग हुने जनाएको छ । चिनियाँ नौसेनाले अभ्यासका लागि धेरै युद्धपोत र पनडुब्बी तैनाथ गर्ने योजना बनाएको मन्त्रालयले जनाएको छ । दुवैतर्फका विमान पनि यसमा सहभागी हुनेछन् ।

यो अभ्यास शाङ्घाईको दक्षिणमा रहेको झेजियाङ प्रान्तको तटमा एक साता चल्ने बताइएको छ। सत्तारुढ कम्युनिष्ट पार्टीको सैन्य शाखा पीपुल्स लिबरेसन आर्मी अन्तर्गत चीनको पूर्वी थिएटर कमाण्डले सामुद्रिक सुरक्षा खतराहरूलाई संयुक्त रूपमा जवाफ दिन र चीन-रूस व्यापक रणनीतिक साझेदारीको नयाँ युगलाई अझ गहिरो बनाउन संयुक्त अभ्यासले बलपुग्ने जनाएको छ । चीनले संयुक्त राष्ट्र संघमा रुस-युक्रेन युद्धको आलोचना गर्न वा उल्लेख गर्न अस्वीकार गरेको छ ।

चीनले रुस विरुद्ध पश्चिमी प्रतिबन्धहरूको निन्दा गर्दै आएको छ । अझ अमेरिका र नेटोले भ्लादिमिर पुटिनलाई युद्धका लागि उक्साएको चीनको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here