नयाँ सरकार बनाउन सत्ता गठबन्धनमा दौडधुपः देउवा र प्रचण्डका आ-आफ्नै रणनीति

0
117

काठमाडौं। नयाँ सरकार निर्माणका लागि वर्तमान सत्ता गठबन्धनमा दौडधुप शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई सात दिनको समयसीमा दिएपछि दौड धुपसुरु भएको हो ।

सत्ता साझेदार दलभित्र प्रधानमन्त्रीको विषयमा औपचारिक निणर्य भइसकेको छैन । यद्यपी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि तयारी अघि बढाएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक रुपमा प्रस्ताव गरिसकेका छन्।

सत्ता गठबनधनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले शनिबार प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

गठबन्धनकै सरकार बनाउने र पहिलोपटक आफू प्रधानमन्त्री हुने दौडमा लागनु भएका प्रचण्डलाई देउवाले कांग्रेस संसदीय दलको निर्वाचनपछि मात्रै यस विषयमा सल्लाह गर्ने भन्दै टारेका छन्।

कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।देउवा आफैं पनि प्रधानमन्त्री हुने दाउमा दलका नेता बन्ने दौडधुपमा छन्। उता नेकपा एमाले भने गठबन्धनको रणनिति हेरेर मात्रै अघि बढ्ने तयारी छ ।

यद्यपी एमालेका दोस्रो तहका नेताहरु भने वाम सरकार गठनको पहलमा माओवादी केन्द्रसहित कम्युनिष्ट घटकसँग अनौपचारिक छलफल रहेका छन् ।

कांग्रेसबाहेकको समीकरणको चर्चा
सत्ता गठबन्धनभित्रै कांग्रेसबाहेकको सत्ता समीकरणबारे छलफल सुरु भएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच पनि सत्ता समीकणबारे छलफल भएको छ । नेपाललाई भेट्न प्रचण्ड आज दिउँसो नेपाल निवास कोटेश्वर गएका थिए।

दुई नेताबीचको भेटमा कांग्रेस बाहेकको सत्ता समीकरण बनाउने बारे पनि छलफल भएको बुझिएको छ । गत शनिबार प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गरेपछि प्रधानमन्त्रीसमेत सशंकीत बनेका छन्।

नेपाली कांग्रेसको हिँजाको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निणर्य गरेको छ। यद्यपी प्रचण्डले आफू प्रधानमन्त्री बन्ने प्रयासमा गृहकार्य गरीरहेका छन्। उनले सत्ता साझेदार कांग्रेस बाहेकका राजनीतिक शक्तिहरूसँग मिलेर सरकार गठनको प्रयास गरिरहेका छन्।

प्रचण्डले हिँजोनै कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कासँग सत्ता गठबन्धन जोगाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेका थिए। वर्तमान सत्ता गठबन्धले यही गठबन्धनलाई निरन्तरता दिने समझदारीसहित समीकरण मिलाउने गृहकार्य गरिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले फरक रुपले भेटलाई जोड दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here