कांग्रेस संसदीय दलको नेताबारे इतर समूह अर्निणित, शेखर र गगनबीच भएन सहमति

0
120

काठमाडौं। संसदीय दलको नेताका एकल उम्मेदवार तय गर्न छलफलमा जुटेको नेपाली कांग्रेस इतर समूहको बैठक निष्कर्षविहीन भएको छ । होटल एम्बेस्डरमा आज बसेको कांग्रेस इतर समूहको बैठकमा दलको साझा उम्मेदवार बनाउने निणर्य हुन नसकेको एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

दलको नेताका आकांक्षी महामन्त्री गगन थापा र डा. शेखर कोइरालामध्ये एकजना को लड्ने भन्ने अझै अनिश्चित छ । मंगलबार बिहान ११ बजे फेरि थप सांसदसँग छलफल गरेर एकल उम्मेदवार बनाउने प्रयास हुनेछ बताईएको छ ।

इतर समूहमा कुरा नमिल्दा सभापति देउवालाई दलको नेतामा फेरि दोहोरिन सजिलो हुने भएको छ । दलको नेताका लागि यसअघि सर्वसम्मतको पहलमा नेताहरु लागेका थिए । तर बुधबार बिहान चुनाव गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न बुधबार निर्वाचन हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न हिजो भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सोहि समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।

संसदीय दलको नेता निर्वाचनसम्बन्धी सार्वजनिक कार्यक्रममा दलको नेताका लागि उम्मेदवारी दिन५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने प्रावधान तोकिएको छ ।

निर्वाचन कार्यक्रमअनुसार भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दिन सकिनेछ । ५ गते उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ, सोहि दिन उम्मेदवारमाथि दावी विरोधको समय तथा नाम फिर्ता लिनका लागि समय तोकिएको छ ।

सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । मंसिर ४ को प्रतिनिधि सभा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here