छैटौंपटक प्रधानमन्त्री बन्न देउवाले थाले पहल, कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पार्टीभित्र दवाव

0
167

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौँ पटक प्रधानमन्त्री बन्न औपचारिक पहल थालेका छन्।  कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री बन्न पहल थालेका हुन्।

देउवाले बोलाएको सांसदहरूको भेलापछि कांग्रेस संसदीय दलमा को लड्ने भन्ने नितान्त कांग्रेस भित्रको कुरा भएको नेता डा शेखर कोइरालाले बताए। उनले पनि आन्तरिक रूपमा दलको नेताको निर्वाचनको तयारी थालेका छन् ।

देउवा निकट सांसद एनपी साउदले पनि कांग्रेस नेतृत्वमा सरकार अहिलेको जनादेश भएको बताए।

यस्तै कांग्रेसका नवनिर्वाचित सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने बताइरहँदा कांग्रेस सांसदहरूले निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनीहरुको अडान छ। 

प्रवक्ता प्रकाशशरण महतले पनि स्वभाविक रूपमा कांग्रेस ठूलो दल बनेकाले कांग्रेसको प्रधानमन्त्री बन्ने दाबी गरे।

यस्तै संसदीय दलको नेताका लागि इतर समूहबाट महामन्त्री गगन थापाले आक्रामक रूपमा तयारी थालेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि खुलैरै संसदीय दलको नेताका लागि प्रयासरत छन्।  

संसदीय दलको नेता छान्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक भोलि बोलाएको छ । बुधबार हुने संसदीय दलको निर्वाचनका लागि समिति बनाउन बैठक बोलाएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here