यी हुन् ७ वटै प्रदेशसभाका समानुपातिक सांसद (सूचीसहित)

0
275

निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले सिफारिस गरेको उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको छ । आयोगले प्रतिनिधिसभाको ११० सिटका साथै सात वटै प्रदेशका सबै प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ । 

जसअनुसार मंसिर ४ को निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको निर्वाचन आयोगले बुधबार मतपरिणाम सार्वजनिक गर्दै जानकारी दिएको छ ।

​राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा थ्रेस होल्डसम्बन्धी व्यवस्था भएअनुसार ७ दलको प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व रहेको हो । यस्तै प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव  ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । 

जसअनुसार प्रदेश नं. १ मा ६, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको आयोगले जनाएको छ । 

समानुपातिक प्रदेश सांसदहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here