काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु

0
124

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here