जाजरकोट जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावलीसहित)

0
149

काठमाडाैं। जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसअनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे ४ बजे कर्णाली प्रदेश ०२(०० १ च ०४२९ नम्बरको बोलेरो जीप छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको अवस्थामा भिरपाटी भन्ने स्थानबाट सडकबाट २०० मिटर तल खसेको जनाइएको छ ।

मृतकको नामावली

१. चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२. अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३. सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४. वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५. जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६. नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७. राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
८. दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९. देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०. अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११. निशा अधिकारी –छेडागाड जाजरकोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here