नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

0
168

काठमाडौं। चिसो बढेसँगै भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एचक्युआई) ३१४ पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एचक्युआई अभिलेख गरिएको छ ।

गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निणर्य गरेको थियो । केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका साथ अवलम्बन गर्न सबै सम्बद्ध निकायलायई निर्देशन दिएको थियो ।

देशको राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएपछि यही मङ्सिर १८ गते वायु प्रदूषण हुन नदिने प्रतिकार्य योजनाअन्तर्गत अस्थायीरुपमा भवन निर्माण तथा भत्काउनेलगायत काममा प्रतिबन्ध घोषणा गरेको थियो ।

यद्यपि राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत् प्रसारणका कामलाई भने निरन्तरता दिन परिपत्र गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here