पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा   

0
130
DOHA, QATAR - DECEMBER 10: Youssef En-Nesyri of Morocco celebrates after scoring the team's first goal during the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Justin Setterfield/Getty Images)

मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को सेमिफाइनलमा पुगेको हो ।

अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे ।

पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो ।

खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे ।

यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो ।

वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।

पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here