फिल्म हलमा विश्वकप फुटबल देखाए कारवाही हुने

0
162

काठमाडौं । केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको भन्दै चलचित्र बोर्डले  फुटबल प्रशारण गर्न नपाइने बताएको छ । 

बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही  गरिने बताएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, “उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’’ ।

बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिंदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here