भारतको हिमाचल प्रदेशमा कांग्रेसलाई बहुमत, मुख्यमन्त्रीका लागि मन्थन सुरु

0
431

भारतको हिमाचल प्रदेश विधानसभामा यसपटक सत्ता परिवर्तन भएको छ । राज्यको ६८ सिटका लागि भएको मतगणनामा कांग्रेसले बहुमतका लागि आवश्यक ४० सिट जितेको छ ।

यस्तै भाजपाले भने भाजपाले २५ सिट जितेको छ, यसबाहेक ३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमसीडी चुनावमा भाजपालाई पराजित गरेको आम आदमी पार्टीले विधानसभा चुनावमा खाता समेत खोल्न सकेन ।

नतिजा सार्वजनिक भएपछि मुख्यमन्त्री जयराम ठाकुरले राजीनामा दिएका छन्।

अब त्यहाँ कांग्रेसमा मुख्यमन्त्री चयनका लागि मन्थन चलिरहेको छ । मुख्यमन्त्रीको दौडमा वीरभद्र सिंहकी पत्नी प्रतिभा सिंह अगाडि छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here