कीर्तिमानी जित निकाल्दै गुजरातमा भाजपा ७औं पटक सरकारमा

0
164

काठमाडौं। भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा)ले १५६ सिट जितेर नयाँ कीर्तिमान बनाएको छ । डिसेम्बर१ र ५ मा दुई चरणमा भएको निर्वाचनको मतपरिणाम आज सार्वजनिक भएको छ ।

जसमा भाजपाले १५६ सिट जित्दा कांग्रेसले १७ तथा आम आदमी पार्टीले ५ स्थानमा जित हासिल गर्‍यो । कांग्रेसले सन् १९८५ मा माधव सिंह सोलंकीको नेतृत्वमा१४९ सिट जितेको थियो । त्यस्तै २००२ को चुनावमा नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा भाजपाले १२७ सिट जितेको थियो । यो जितसँगै भाजपाले दुवै रेकर्ड तोडेको छ ।

मुख्यमन्त्री भूपेन्द्र पटेलले विधानसभा चुनावको जनादेश अब स्पष्ट भएकाले त्यहाँका जनताले दुई दशकदेखि चलिरहेको गुजरातको विकास यात्रालाई निरन्तरता दिएको बताएका छन्।

यस ऐतिहासिक जितसंगै गान्धीनगरस्थित विधानसभा पछाडिको हेलिप्याड मैदानमा डिसेम्बर १२ मा मुख्यमन्त्रीको सपथ गराईनेछ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै मुख्यमन्त्री अनित शाह पनि सहभागी हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here