विश्वकप लिग २ः नेपाल जितविहिन

0
124

काठमाडौं। विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ । आज भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल श्रंखलामा जितविहिन भएको हो ।

नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजय भोगेको थियो ।

आज स्कटल्यान्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा अल आउट हुँदै उक सय १९ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर एक सय २१ रनसहित लक्ष्य पूरा गर्‍यो ।

नामिबियाका लागि विकेटकिपर-ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे। नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए । पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेले ४७ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

७ टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्डको ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ । नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । यस हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

नेपाललाई शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता कायम राख्न पनि अबका बाकी रहेका १२ खेलमा कम्तीमा ९ खेलमा जित आवश्यक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here