सत्ता समीकरण मिलाउन बढ्याे प्रचण्डकाे सक्रियता

0
132

काठमाडौं। सत्ता समिकरण मिलाउनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियता बढेको छ । मंसिर ४ गतेको निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसके पनि प्रचण्डले सरकारको नेतृत्व गर्न शक्ति निर्माण गर्ने अभियानमा जुटेका छन्।

उनले साना दलहरूलाई एकीकृत गरेर शक्ति निर्माण गर्ने र कांग्रेससँग सरकारको कार्यकारी पदका लागि बार्गेनिङ गर्ने सोँचमा रहेको उनीनिकट नेताहरुले बताईरहेका छन्। निर्वाचनअघि उनले एकपटक कार्यकारी पदमा पुग्ने आकांक्षासमेत व्यक्त गरेका थिए। बिहीबारमात्रै प्रचण्डले स्वतन्त्र सांसद प्रभू साह र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटालासंग सत्त समीकरणबारे छलफल गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा आज बिहाने सिटौला र प्रचण्डबीच छलफल भएको हो । प्रचण्ड र सिटौलाबीच एक घन्टा बढी छलफल भएको थियो । कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि होड चलिरहेका बेला सिटौला खुमलटार पुगेका हुन्। प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनुपरे सघाउनका लागि सिटौलालाई आग्रह गरेको स्रोतको भनाइ छ ।

यद्यपि, सत्ता गठबन्धनले कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति गरेको थियो । त्यसअघि आजै प्रचण्डले स्वतन्त्र सांसद प्रभू साहसंग पनि छलफल गर्नुभएको थियो ।

नर्वाचनको मतपरिणामसँगै प्रचण्ड नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका थिए। ती दुवै भेट शक्ति निर्माणकै पहलकदमी भएको निकट नेताहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here