दार्चुला घटनाः नेपालले भारतलाई पठायो कूटनीतिक नोट

0
242

काठमाडौं। नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।

यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here