एसिया क्षेत्रमा सामाजिक सुरक्षाको दायराबाहिर रहेका श्रमिकलाई समेट्न आह्वान

0
199
{"caption":"u0938u093fu0902u0917u093eu092au0941u0930u092eu093e u0938u0941u0930u0941 u092du090fu0915u094b u0906u0908u090fu0932u0913u0915u094b u0967u096du0914u0902 u090fu0938u093fu092fu093e u0924u0925u093e u092au094du0930u0936u093eu0928u094du0924 u0915u094du0937u0947u0924u094du0930u0940u092f u092cu0948u0920u0915u0932u093eu0908 u0938u092eu094du092cu094bu0927u0928 u0917u0930u094du0926u0948 u0938u093fu0902u0917u093eu092au0941u0930u0915u0940 u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u0939u0932u093fu092eu093e u092fu093eu0915u0941u092c u0964 u0924u0938u094du092cu093fu0930 : u0906u0908u090fu0932u0913u00a0","photographer":"","alt_text":""}

काठमाडौं। एसिया तथा प्रशान्त क्षेत्रमा सामाजिक सुरक्षाको दायराबाहिर रहेका आधाभन्दा बढी श्रमिकलाई सामाजिक सुरक्षा दायरामा ल्याउन आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ)का अनुसार अरब क्षेत्रमा ६० प्रतिशत र एसिया तथा प्रशान्त क्षेत्रमा ५० प्रतिशत मानिस सामाजिक सुरक्षाको दायराभित्र रहेका छन् ।

सिंगापुरमा आजदेखि सुरु भएको आईएलओको १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा यस्तो आह्वान गरिएको हो । २०१६ मा इन्डोनेसियापछि भएको क्षेत्रीय बैठकमा सहभागी हुनकालागि एसिया, प्रशान्त र अरब क्षेत्रका ४८ देशका १९ जना श्रम मन्त्री, सचिव, ट्रे्ड युनियन र रोजगारदाता गरी ५ सय जनाको सहभागिता छ । यो बैठक चार वर्षपछि भएको हो ।

नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्यालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी छ । बैठकलाई सम्बोधन गर्दै सिंगापुरकी राष्ट्रपति हलिमा याकुबले कोरोनापछि बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्नका लागि आ-आफ्नो विकास मोडलप्रति पुनर्विचार गर्नुपर्ने बताईन्।

बैठकमा आईएलओका महानिर्देशक गिलवर्ट एफ. होङबोले कोरोना महामारीले राजनैतिक, आर्थिक र जलवायु संकटले एसिया क्षेत्रको सामाजिक प्रगतिलाई निकै पछाडि धकालिदिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here